Sunday, July 2, 2017

म मेरा रहर र सपना

            म, मेरा रहर र सपना

रहरको सहरमा बाँच्न सिक्दै गरेको मान्छे
सम्भावना र चुनौतीबिच हाँस्न सिक्दै गरेको मान्छे
अनगिन्ती सपनाहरुको गह्रौँ भारी बोक्दै गर्दा
दिन प्रतिदिन अनेकौँ रहरहरू दिमागरूपी रातो माटोमा रोप्दै गर्दा
अतालिन्छु र कहाली लाग्छ कहिलेकाहीँ
कतै रोप्नु मात्रै त होइन रहरहरू?
भर्नुमात्रै त होइन मानस्पटल सुखद भविष्यको कल्पनाले?
डराउँछु म कतै धेरै सपना देखेर गल्ति त गरिरहेको छैन,
सम्झन्छु मैले पढेका किताबका ठेलिहरु
जहाँ सपना देख्नु पर्छ भनिएको थियो
सपनाबाटै भविष्य निर्माण सुरू हुन्छ, लेखिएको थियो।

रहरको सहरमा बाँच्न सिक्दै गरेको मान्छे
सँगै हिँड्ने साथी विदेशिँदा,
अमेरिका र युरोपको रहरले नसताएको कहाँ हो र,
पाखो बारी र कच्ची घरले थेगेन र मर्यो रहर,
स्वदेशमै जागिर खाउँ भन्ठान्थेँ
सिपबिहीन सर्टिफिकेट ले टेरेन र मर्यो रहर,
समाज सेवा गरूँ कि,
सोच्दै थिएँ,
रित्तो गोजि अनि खाली पेटले मानेन र मर्यो रहर,
किन आत्तिनु,
निजी जागिर त छ नि,
ढुक्क हुँदै गर्दा, भाडा तिर्न नपुग्ने तलबले झस्कायो र मर्यो रहर।।

रहरको सहरमा बाँच्न सिक्दै गरेको मान्छे
सुखद भविष्यको कल्पना गर्न छोडेको छैन
दिमागरुपि माटोमा ज्ञानको मलजल गर्न छोडेको छैन
पाहारिलो घामरुपी लगनशिलता उदाएपछी
कोलाहल सहररुपी बगैँचामा शान्त कुनो पाएपछी
कसो नबढ्ला र रहरको बिरुवा,
कसो नहोलान् र सपना पुरा,
अनि कसो नहुँला र सफल ड्रीमर!!

10 comments:

Queen Bed Frame with Storage: Maximizing Space and Style

  Getting Organized: The Lowdown on Queen Bed Frames with Storage Introduction: When it comes to picking out bedroom furniture, the queen be...