Wednesday, April 7, 2021

होसियार!

साथी!
 वायुमण्डल धमिलिँदा, 
भूमण्डलमा केहि देख्दैनौ
 धुलो र धुँवाको विकल्प, मास्क र चस्मा वाहेक अरु भेट्दैनौ?
 प्रदुषक पदार्थहरूले आँखामा राज गर्दा
 पोल्यो आँखा, झर्यो आँसु, धोयौ पानीले 
अनि भन त कैले सम्म पोलेको आँखाको विकल्प चिसो पानी होला? 
आज हावा दुषित, भोली पानी नहोला? 
पर्सी माटो, ध्वनी र सग्लै पृथ्वी नहोला? 

 साथी! 
सम्झ त रुख सक्किए,
 मुहान सुके 
हिमताल फुटे
 अनि मास्क र चस्माले साथ देला? 
जारको पानीले धान्ला जिन्दगी? 
अनि के, अक्सिजन चाहिँ सिलिन्डर बोकेर हिँड्ने होला
 दुषित माटोले अन्न फलाउने छैन, खाने के होला? 
सोचौँ त, हामी बाँचौँला, सन्तती बाँंच्नु पर्दैन? 
मानिस बाँचौँला, स्थल र जल प्राणी बाँच्नु पर्दैन?
 याद रहोस्, 
 तिम्रा छोरा नातीले सराप्ने छ्न् 
गमला र पार्कमा मात्र बिरुवा हुनेछन् 
तिमीले लेखेका कितावमा मात्र पढ्ने छन्, हात्ती, गैँडा, पोलार बियर र बाजका कथाहरू 
किनकी, तिमी बन सक्दैछौ 
भावी सन्ततिको मन सक्दैछौ 
स्वच्छ पवन र उर्वर माटो सक्दैछौ
 बरू लगाउ आगो, 
सल्काउ चुरोट, 
फोक्सो सकाउ 
विन्ती जङ्गलमा आगो लगाई, 
वन र देशको धन नसकाउ। 
दोषी तिमी हो, म हो र हामी सबै हो 
सजग बनौँ ,संयम बनौँ र जोगाउँ भूतल 
एक थुकी सुकी सय थुकी नदी
 लागौँ जगौँ एक भै, 
 सम्पदा हाम्रो जोगाउनलाई!

Monday, April 5, 2021

एउटा ७ वर्षे बालकको जिज्ञासा!

 आमा! 

बाहिर वायुमण्डल तुँवालोले ढाक्दा

पल्लो डाँडामा भएको भव्य पिपल बोट नदेखिँदा

हाम्रो त आँखा पोल्छ, आँसु आउँछ

फोक्सो फुल्छ रोग लाग्छ र दु:ख हुन्छ

आमा!

मलाई मास्क र चस्मा लगाउ भन्दै गर्दा

वायु प्रदुषण भनि पाठशाला बन्द गर्दा

त्यो पिपलको बोटमा बस्ने ढुकुर के गर्छ होला?

बाँसघारीको डाङ्ग्रे कहाँ जान्छ होला?

टुनीको हाँगामा बस्ने ढुकुरले मास्क लगाउँछ र?

काग र कालिज बचेरालाई खाना नखाउलान् र?

आमा!

म बाहिर धुवाँ छ भन्दै नखेलेको दिनौँ भयो

के टिउराहरू नि पौडेका छैनन?

के मृग सावकहरू वन शयर गरेका छैनन?

छावाहरू पनि भित्रै होलान् र?

आमा!

पशु र पन्छीका पनि त आँखा पोल्लान्?

स्वाश कोशिका बिग्रेलान्

हामीसँंग पो डाक्टर र वैद्य छन्

उनिहरू कहाँ जान्छन्?

उहि पवन उहि जल र उहि थलमा 

हामी किन उपद्रव?

अनि उनिहरू किन मौन?

आमा! 

मान्छे के पशु जस्तै बन्ला?

फोहोर, धुवाँ र धुलो निकाल्न छोड्ला?

पुरानो पृथ्वी, हरियाली र स्वच्छता आउला ?


Queen Bed Frame with Storage: Maximizing Space and Style

  Getting Organized: The Lowdown on Queen Bed Frames with Storage Introduction: When it comes to picking out bedroom furniture, the queen be...