Wednesday, March 24, 2021

              फरक

तिमी देशको चिन्ता गरिरहँदा
म आफ्नै चिन्ता गरिरहेको हुन्छु
तिमी नेता र कुर्चीका कुरा गरिरहँदा
म चाहिँ पारिवारिक खर्चको हिसाब गरिरहेको हुन्छु।
फरक छ साथी, तिमी र म मा
तिमी काम नै गर्दैनौ र पनि
सुख सयलको जिन्दगी बिताईरहेछौ
म काम गर्छु र पनि दुइ छाक जुटाउन गाह्रो छ।

समानता पनि छ साथी तिमि र म मा
म झोला बोक्छु
तिमि पनि झोला नै बोक्छौ।
झोला बोकाईमा फरक छ साथी
म पिठ्युँमा बोक्छु, तिमि मगज र बोलीमा बोक्छौ
म झुट बोल्नु पाप ठान्छु
तिमि झुटलाई आफ्नो आयश्रोत मान्छौ
म पसिनालाई श्रम मान्छु
तिमि छिछि दुर दुर गर्छौ।

सिकाउ न साथी
तिम्रो जस्तै झोला बोक्न
विश्व विद्यायमा मेरा छोरा निशुल्क पढाउनु छ
महङ्गा अस्पतालमा दिर्घरोग जँचाउनु छ
ठेक्कापट्टा र आयोजनाका अंश खानु छ

मलाई पनि साथी
तिमी जस्तै
निर्धक्कसँग झुट बोलेर
नेताहरूको झोला बोकेर
झण्डा र डण्डा समाति
इर्ष्या र द्वेष साँध्दै
ठुलो ठुलो आवाजमा कराउँदै
समृद्धिको नारा लगाउनु छ
के यो संभव छ?
आत्म सम्मानमा धावा बोल्दै
तिमी जस्तै बन्न देला र मेरो स्वाभिमानले?
भैगो!
सक्छौ तिमि म जस्तो बन
तर
म तिमी जस्तो कदापी बन्ने छैन
किनकि
आफैँलाई ढाँटेर
समृद्धिको सपना देख्न
मेरो स्वधर्मले दिँदैन।

Queen Bed Frame with Storage: Maximizing Space and Style

  Getting Organized: The Lowdown on Queen Bed Frames with Storage Introduction: When it comes to picking out bedroom furniture, the queen be...