Wednesday, July 5, 2017

                       प्रियसीलाई प्रपोज 😉
मलाई तिमीसँग जिउन र बाँकी जीवन बिताउन मन छ, सिरियस्ली भन्दै छु। एक्च्युल्ली आइ लभ यु।
मेरो बारे बुझ्न मन छ भने समय लिन सक्छौ तिमिले चाहेजती किनकी सम्वन्धमा सबै कुरा क्लियर र रियल हुनुपर्छ नत्र पछि दुख पाइन्छ।
तसर्थ अब तिम्रो प्रतिक्रीया के हुन्छ त्यसैले डिसाइड गर्छ तिम्रो र मेरो भविष्य सँगसँगै फल्छ, फुल्छ या यत्तिकै ओइलिन्छ र झर्छ भन्ने कुरा।
नघुमाइकिन भन्नुपर्दा तिम्रो yes अथवा no को प्रतिक्षामा छु।तिमिले मलाई माया गर्नैपर्छ भनेर
 बाध्य पार्ने छैन किनकी म केटाकेटी होइन र बाध्यतामा गाँसिने सम्बन्धले पक्कै पनि सुखी जीवन जिउन सहयोग गर्दैन।
ढुक्क भौ, तिमीलाई मन पर्दैन भने घरिघरी मेसेज गर्ने छैन।......

Sunday, July 2, 2017

म मेरा रहर र सपना

            म, मेरा रहर र सपना

रहरको सहरमा बाँच्न सिक्दै गरेको मान्छे
सम्भावना र चुनौतीबिच हाँस्न सिक्दै गरेको मान्छे
अनगिन्ती सपनाहरुको गह्रौँ भारी बोक्दै गर्दा
दिन प्रतिदिन अनेकौँ रहरहरू दिमागरूपी रातो माटोमा रोप्दै गर्दा
अतालिन्छु र कहाली लाग्छ कहिलेकाहीँ
कतै रोप्नु मात्रै त होइन रहरहरू?
भर्नुमात्रै त होइन मानस्पटल सुखद भविष्यको कल्पनाले?
डराउँछु म कतै धेरै सपना देखेर गल्ति त गरिरहेको छैन,
सम्झन्छु मैले पढेका किताबका ठेलिहरु
जहाँ सपना देख्नु पर्छ भनिएको थियो
सपनाबाटै भविष्य निर्माण सुरू हुन्छ, लेखिएको थियो।

रहरको सहरमा बाँच्न सिक्दै गरेको मान्छे
सँगै हिँड्ने साथी विदेशिँदा,
अमेरिका र युरोपको रहरले नसताएको कहाँ हो र,
पाखो बारी र कच्ची घरले थेगेन र मर्यो रहर,
स्वदेशमै जागिर खाउँ भन्ठान्थेँ
सिपबिहीन सर्टिफिकेट ले टेरेन र मर्यो रहर,
समाज सेवा गरूँ कि,
सोच्दै थिएँ,
रित्तो गोजि अनि खाली पेटले मानेन र मर्यो रहर,
किन आत्तिनु,
निजी जागिर त छ नि,
ढुक्क हुँदै गर्दा, भाडा तिर्न नपुग्ने तलबले झस्कायो र मर्यो रहर।।

रहरको सहरमा बाँच्न सिक्दै गरेको मान्छे
सुखद भविष्यको कल्पना गर्न छोडेको छैन
दिमागरुपि माटोमा ज्ञानको मलजल गर्न छोडेको छैन
पाहारिलो घामरुपी लगनशिलता उदाएपछी
कोलाहल सहररुपी बगैँचामा शान्त कुनो पाएपछी
कसो नबढ्ला र रहरको बिरुवा,
कसो नहोलान् र सपना पुरा,
अनि कसो नहुँला र सफल ड्रीमर!!

Saturday, July 1, 2017

म शान्ति

              म शान्ति 
धेरै सङ्घर्षहरुको परिणाम
हजारौँ सहिदहरुको बलिदान
र अनेकौँ तन्त्रहरुको विकास स्वरुप
मलाई ल्याउने प्रयास गरियो।
दस दशकको राणाकाल,
त्यसपछिको पञ्चायत कालसँगै
प्रजातन्त्र भनाउँदो तन्त्रको विकास
अनि एक मुखको बदला हजारौँ मुखको विकास गरियो,
अझै भएन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक
सिर्फ नाम नयाँ, नेता उही, कर्मचारी उही प्रणाली पनि उही
धन्न अझै मेरो नाम फेरेका छैनन्
म उही नामले फलाकिन्छु।
सग्लो सहरलाई थर्काउँदै नेता बोल्छन्, शान्ति आउँछ।

मेरो नाममा धेरैले राजनीति गरेका छन्
हरेक पटक मेरै नाम बेचिएको छ
मेरो अस्मितामाथि खेलबाड भएको छ
मलाई कुरुप र नादान बनाइएको छ
परिणाम, म कुल्चिएकी छु, पटक पटक ढलेकी छु
गर्भावस्थामै तुहाइएकी छ
करोडौँ दिलको सपना मात्र बनाइएकी छु।

मेचिबाट काली पुग्ने मेरो रहर
सेता पर्वतका टाकुरामा दन्तलहर फिँजाई हाँस्ने मेरो रहर
कोसी, गण्डकी र कर्णालीसँगै बग्ने मेरो चाहना
तराईको धानसँगै झुल्ने अनि
जुम्ला र मुस्ताङको स्याउसँगै पिरती गाँस्ने मेरा सपना
हरेक जाडामा इलामको चिया र गुल्मीको कफिसँगै
प्रत्येक नेपालीको मनमा छाउने रहर
अब रहरमै सीमित हुँदै छन्।

विद्यार्थी मलाई किताबमा पढ्दछ
युवा मेरो नाममा टायर बाल्दछ
नेता मेरै नाममा डलर खेती गर्दै छ
उद्योगपति कर छल्दै छ
निजामती घुसमा बिक्दै छ
र पनि
विद्यार्थी कहिल्यै भन्दैन, खोई शान्ति
युवा चक्काजाम र राँके जुलुसबिच मलाई खोज्दै छ
नेतालाई म चाहिएकै छैन।

फेरि पनि,
जनता मेरै आशमा छन्
किसान शान्तपुर्वक खेत जोत्न चाहन्छ
वकिल बिना हस्तक्षेप वकालत गर्न चाहन्छ
न्यायधिश पीडक हैन पीडितको पक्षमा बोल्न चाहन्छ
शिक्षक बिना रोकटोक स्वतन्त्र अध्यापन गर्न चाहन्छ
आमा आफ्नो बालकलाई ढुक्क र सकुशल विद्यालय र घर गराउन चाहन्छिन्।
अनि यस्तै यस्तै अरू धेरै आकाङ्क्षाहरू अब अङ्कुरण हुन सकून्
स्वच्छ र स्वस्थ वातावरणमा फुल्न र फल्न सकून्
बालक,युवा, वयस्क र वृद्धाले
मलाई अनुभव गर्न सकून्।

प्रत्येक नेताले उत्तरदायित्व बहन गरोस्
टायर बाल्ने सडकमा सवारी र छेउमा फुलबारी होस्
स्कुल र क्याम्पसमा कार्यकर्ता होइन, विद्यार्थी होउन्
देश नेपाल र जाति नेपाली होस्।
अनि बल्ल म आउने छु कुनाकुनामा छाउने छु
बालकले किताबमा सिमित हुनुपर्ने छैन
जनताले त्रासमा जिउनुपर्ने छैन
मानिस दलित, जनजाती, आदिवासी र आर्यको सट्टा नेपाली हुने छ।
परिणामत: सुन्दर, शान्त, विशाल नेपाल हुने छ।।

Queen Bed Frame with Storage: Maximizing Space and Style

  Getting Organized: The Lowdown on Queen Bed Frames with Storage Introduction: When it comes to picking out bedroom furniture, the queen be...