Saturday, August 12, 2017

जन्मदिनको शुभकामना शान्ति!

dear साथी शान्तिको जन्मदिन विशेष उधारो party खाएपछी..... उनकै नाममा समर्पित😉😉


साथी!
बधाई छ तिमीलाई
फेरि अर्को एक मुस्कान थपिएको छ
समयले अझै क्षमतावान बनाएको छ
अनि
अझै परिपक्क बनाएको छ
जीवन र जगत,सुख र दु:ख
भावना र यथार्थ इत्यादिलाई
बुझ्न सक्ने बनाएको छ।
त्यसैले
साथी बधाई छ तिमीलाई!

सुन्दर नयन सधैँ चम्किने छ्न्
खैरो कपालको लहराबिच
गहुँगोरो अनुहार सधैँ मुस्काउने छ
अनि अझै देखिने छन् दन्तलहर निरन्तर तिम्रो मुहारमा।
त्यसैले
साथी बधाई छ तिमिलाई।

सफलता तिम्रो पर्याय बनोस्
हरकोहीले असल "शान्ती" भनोस्
परिवारले असल छोरी भनोस्
साथीले यस्तै गरि साथ पाओस्
दु:खले लात र सुखले काख पाओस्
रोग, भोक, प्यास र आँसु सदैब डराओस्
सुखसँग खान र खुसि भएर दिन पुगोस्
शुभकामना तिमिलाई!
अनगिन्ती प्रेरणा, माया र साथित्वको गुच्छा सँगै।

हरेक जन्मदिनले अझै स्वश्थ र तन्दुरुस्त बनाओस्
प्रगतिको पाइला अझै अगाडि बढाओस्
लाखौँ करोडौँ शुभकामना साथी
जन्मदिनको!!

No comments:

Post a Comment

Queen Bed Frame with Storage: Maximizing Space and Style

  Getting Organized: The Lowdown on Queen Bed Frames with Storage Introduction: When it comes to picking out bedroom furniture, the queen be...