Tuesday, June 27, 2017

एउटा कपिड कथा

                      एउटा कपिड मोरल स्टोरी!
एक दिन एक राजाले आफ्नो पिञ्जडामा थुनेर पालेको सुगालाई भन्छन - "सुगा, म आज जङ्गलमा शिकार खेल्न जादैछु , पक्कै पनि जङ्गलमा तिम्रा बाआमा सित भेट हुन्छ होला , भन उनिहरूलाई के कुरा सुनाइदिऊँ ?" यो सुने पछी सुगाले गहभरी आँशु पार्दै भन्छ,"मेरा बाबा आमालाई यो भन्दिनुस् नि म पिञ्जडाबाट छिटोभन्दा छिटो बाहिर आउन चाहन्छु ।"
जब राजा जङ्गलमा पुग्छन उनको भेट सुगाका बाआमासँग हुन्छ र राजाले उनिहरूको सन्तानले भनेको सबै कुरा बताउँछन । राजाको यस्तो कुरा सुने पछी दुबै दम्पतीले आफ्नो सन्तानलाई पिञ्जडाबाट मुक्त गरिदिनका लागि राजासँग अनुनय बिनय गर्छन् तर राजाले सुगालाई मुक्त गर्न नसक्ने बरू उसकालागी केही सन्देश वा चिट्ठी पत्र भए चाँही लगिदिने बताउँछन । राजाको यस्तो कुरा सुने पछी सुगाका दुबै दम्पती तत्काल बेहोस् भएर भुइँमा ढल्छन ।लामो समयसम्म पनि उनिहरूको होस नखुले पछी उनिहरू मरेको ठानी राजा आफ्नो बाटो लाग्छन ।
जब राजा जङ्गलबाट दरबारतिर फर्किन्छन तब हतार हतार पिञ्जडाको सुगाले सोध्छ-"महाराज , मेरा बाआमाले मलाई के सन्देश पठाएका छन ?"
राजाले नाक खुम्च्याउँदै भन्छन- "तिम्रा बाआमाले कुनै सन्देश पठाउन पाएनन । जब उनिहरूले तिम्रो बारेमा सबै कुरा सुने तब उनिहरूले म सँग तिमीलाई मुक्त गरिदिन भने । मैले मुक्त गर्न नसक्ने बताएपछी दुबै जना बेहोस् भएर लडे,शायद उनिहरू बेहोस् नभएका भए पक्कै तिमीलाई केही न केही सन्देश पठाउथे होला। उनिहरू बेहोस् भएको देखेर लाग्यो साच्चै उनिहरूले तिमीलाई धेरै माया गर्दा रहेछन ।" राजाका यी कुरा के सुगाले सुनेको थियो ऊ तुरुन्तै बेहोस् भएर ढल्छ । जब सुगा बेहोस् भएर ढल्छ तब सुगा मरेको ठानी पानी छर्किनका लागि राजाले पिञ्जडाको ढोका खोलिदिन्छन । सुगाले पिञ्जडाको ढोका खोलेको के चाल पाएको थियो ऊ तुरुन्तै भुर्र उढेर अग्लो रुखको टुप्पोमा पुग्छ अनी राजा तिर हेर्दै भन्छ- "देख्यौ त राजा, मेरा बाआमाले मलाई कस्तो सन्देश पठाएका रहेछन ??"
Moral: जुन जमिनमा तिमीले घाँस मात्रै उम्रेको देख्छौ तेही ठाउँमा कसैले जीवन बँचाउने जडिबुटी देख्छ । जुन कुरा तिमीलाई अर्थहीन लाग्छ तेही कुरामा कसैले संसार हल्लाउने आइडिया भेट्टाउँछ ।
#SP Bhatta को वालबाट।

No comments:

Post a Comment

Queen Bed Frame with Storage: Maximizing Space and Style

  Getting Organized: The Lowdown on Queen Bed Frames with Storage Introduction: When it comes to picking out bedroom furniture, the queen be...