Monday, June 26, 2017

मेरो सोच

                         मेरो सोच
सोच्ने गर्छु, विचार गर्ने गर्छु, म कति धेरै सोच्छु भनी
सायद हिजो आज आधा जसो दिन सोच्नमै बित्छ क्यारे
बिहान बिउँझे देखि सोचमग्न हुन्छु अनि राती सोच्दासोच्दै कति बेला निदाउँछु पत्तो पाउँदिन।
अनवरत सोचाइले मलाई सोचको सागर बनाइदिएको छ जति पानी निकालेपनी नसकिने
मलाई यहि सोचाइले अन्टार्टिकाको हिउँ बनाइदिएको छ जुन सायद कहिल्यै सकिँदैन क्यारे।
सोचले मलाई मुसहरनिया देखि सगरमाथासम्ममा कयौँ पटक पुर्याएको छ
र सगरमाथादेखी पछार्दै फेरि मुसरहरनिया पुर्याएको छ।
कहिले खुसी पारेको छ त कहिले बिनासित्ती आँसु झराएको छ।

म धेरै पटक यसैको कारण बुद्ध झैँ ज्ञानी बनेको छु
अनि धेरै पटक जङ्ग बहादुरजस्तो क्रुर अनि साहसिक पनि बनेको छु।
सोचले मलाई दयावान बनाएको छ
धर्मात्मी बनाएको छ
असल र इमान्दार पनि बनाएको छ
अझै मूर्ख र हावा पनि यसैले बनाएको छ।
कहिले गान्धी विचार ल्याउँछ त कहिले हिट्लर सवार भएर आउँछ मेरो सोचमा।
लाग्दछ म कति महान छु
किनकी मसँग जस्तो पनि सोच्न सक्ने क्षमता छ र सोच पनि छ
अनि लाग्दछ म कति निरीह छु जोसँग सोच सिवाय अरु केही छैन।
केही हुन्थ्यो त पक्का केही गर्थेँ पनि।
म खुसी छु किनकी मसँग मेरो भन्नु सोच छ
म दुखी छु किनकी मसँग सोचमात्रै छ।
अब लाग्दैछु छिट्टै वास्तविक धरातलमा ओर्लिएर सोच्न
त्यसैले पूरा गर्न सक्ने सोच आओस्
अनि मसँग सोचको आकार, योजना र काम होस् जसले साकार पारोस् मेरो सोचलाई
 जसले मलाई मेरो हैसियत बताओस्
अनि असल सोचयुक्त मानव बनाओस्।

No comments:

Post a Comment

Queen Bed Frame with Storage: Maximizing Space and Style

  Getting Organized: The Lowdown on Queen Bed Frames with Storage Introduction: When it comes to picking out bedroom furniture, the queen be...