Wednesday, June 28, 2017

मेरो जन्मदिन

                       मेरो जन्मदिन
घरकाले भनेका म आजैको दिन जन्मिएको अरे! कति छिट्टै जिन्दगिको महत्वपुर्ण २६ औँ वसन्तहरु मात्र होइन उखरमाउला गृष्महरू, फुलहरूबिचको रमाइला शरदहरू अनि ठिहिराउने हिउँदहरु पनि पार गरिसकिएछ। समय अनवरत चलिरहेछ निरन्तर..... अनि उमेर पनि बढिरहेछ समयसँगै र अझ बढी परिपक्क बनाउँदै छ।
आज मेरो जन्म दिन, मेरो लागि सधैँको जस्तै सामान्य नै रह्यो तर मेरा धेरै साथिहरू र थोरै आफन्तहरुको लागि चाहिँ अलि विशेष नै रह्यो भन्नू पर्छ किनकी हिजोअस्ति सात बजे सम्म सुत्ने मान्छे म आज चाहिँ ५ नबज्दै एउटा साथिको फोन कलले बिउझिएँ।
अनि दिनचर्याको पहिलो र नित्य काम एक चोटि फेसबुक र ट्विटर चेक गरेको वालभरी धेरै शुभकामनाहरू देखेँ र पो बल्ल मेरो जन्मदिन आएको जस्तो लाग्यो।
बिहानै उठ्ने, नुहाउने, चोखो लुगा लगाएर मन्दिर जाने,पुजा गर्ने, वर माग्ने, निधारको बिचैमा रातो टीका लगाउने आदित्यादी काम मैले कुनै पनि गरिन। सायद भगवानप्रती विश्वास नभएर हो या म आफै अल्छिको पुर्पुरो भएर हो त्यो त म आफैलाई नि थाहा छैन। मैले त बरु उठेर मुख धोएर एकैछिन ध्यान बसेँ अनि मलाई जन्म दिने मेरा आमा र बुवालाई सम्झेँ र धन्यवाद प्रकट गरेँ मनमनै।
त्यसपछी मेरी बहिनी, दाजु भाइ दिदी, आफन्त, छरछिमेकी सबैलाई सम्झेँ र मलाई यो ठाउँमा पुर्याउने सबैलाई धन्यवाद प्रकट गरेँ।
यसो गर्दा गलत गरेँ या सहि गरेँ मलाई थाहा छैन तर म संतुष्ट चाहिँ पक्कै बनेँ।

यत्तिमात्र ल, पढ्न झ्याउ लाग्ला तपाईँलाई, 
शब्द मिलाएर लेख्न त्यति आउँदैन
सिक्दै छु। 😉😉

Tuesday, June 27, 2017

एउटा कपिड कथा

                      एउटा कपिड मोरल स्टोरी!
एक दिन एक राजाले आफ्नो पिञ्जडामा थुनेर पालेको सुगालाई भन्छन - "सुगा, म आज जङ्गलमा शिकार खेल्न जादैछु , पक्कै पनि जङ्गलमा तिम्रा बाआमा सित भेट हुन्छ होला , भन उनिहरूलाई के कुरा सुनाइदिऊँ ?" यो सुने पछी सुगाले गहभरी आँशु पार्दै भन्छ,"मेरा बाबा आमालाई यो भन्दिनुस् नि म पिञ्जडाबाट छिटोभन्दा छिटो बाहिर आउन चाहन्छु ।"
जब राजा जङ्गलमा पुग्छन उनको भेट सुगाका बाआमासँग हुन्छ र राजाले उनिहरूको सन्तानले भनेको सबै कुरा बताउँछन । राजाको यस्तो कुरा सुने पछी दुबै दम्पतीले आफ्नो सन्तानलाई पिञ्जडाबाट मुक्त गरिदिनका लागि राजासँग अनुनय बिनय गर्छन् तर राजाले सुगालाई मुक्त गर्न नसक्ने बरू उसकालागी केही सन्देश वा चिट्ठी पत्र भए चाँही लगिदिने बताउँछन । राजाको यस्तो कुरा सुने पछी सुगाका दुबै दम्पती तत्काल बेहोस् भएर भुइँमा ढल्छन ।लामो समयसम्म पनि उनिहरूको होस नखुले पछी उनिहरू मरेको ठानी राजा आफ्नो बाटो लाग्छन ।
जब राजा जङ्गलबाट दरबारतिर फर्किन्छन तब हतार हतार पिञ्जडाको सुगाले सोध्छ-"महाराज , मेरा बाआमाले मलाई के सन्देश पठाएका छन ?"
राजाले नाक खुम्च्याउँदै भन्छन- "तिम्रा बाआमाले कुनै सन्देश पठाउन पाएनन । जब उनिहरूले तिम्रो बारेमा सबै कुरा सुने तब उनिहरूले म सँग तिमीलाई मुक्त गरिदिन भने । मैले मुक्त गर्न नसक्ने बताएपछी दुबै जना बेहोस् भएर लडे,शायद उनिहरू बेहोस् नभएका भए पक्कै तिमीलाई केही न केही सन्देश पठाउथे होला। उनिहरू बेहोस् भएको देखेर लाग्यो साच्चै उनिहरूले तिमीलाई धेरै माया गर्दा रहेछन ।" राजाका यी कुरा के सुगाले सुनेको थियो ऊ तुरुन्तै बेहोस् भएर ढल्छ । जब सुगा बेहोस् भएर ढल्छ तब सुगा मरेको ठानी पानी छर्किनका लागि राजाले पिञ्जडाको ढोका खोलिदिन्छन । सुगाले पिञ्जडाको ढोका खोलेको के चाल पाएको थियो ऊ तुरुन्तै भुर्र उढेर अग्लो रुखको टुप्पोमा पुग्छ अनी राजा तिर हेर्दै भन्छ- "देख्यौ त राजा, मेरा बाआमाले मलाई कस्तो सन्देश पठाएका रहेछन ??"
Moral: जुन जमिनमा तिमीले घाँस मात्रै उम्रेको देख्छौ तेही ठाउँमा कसैले जीवन बँचाउने जडिबुटी देख्छ । जुन कुरा तिमीलाई अर्थहीन लाग्छ तेही कुरामा कसैले संसार हल्लाउने आइडिया भेट्टाउँछ ।
#SP Bhatta को वालबाट।

Monday, June 26, 2017

मेरो सोच

                         मेरो सोच
सोच्ने गर्छु, विचार गर्ने गर्छु, म कति धेरै सोच्छु भनी
सायद हिजो आज आधा जसो दिन सोच्नमै बित्छ क्यारे
बिहान बिउँझे देखि सोचमग्न हुन्छु अनि राती सोच्दासोच्दै कति बेला निदाउँछु पत्तो पाउँदिन।
अनवरत सोचाइले मलाई सोचको सागर बनाइदिएको छ जति पानी निकालेपनी नसकिने
मलाई यहि सोचाइले अन्टार्टिकाको हिउँ बनाइदिएको छ जुन सायद कहिल्यै सकिँदैन क्यारे।
सोचले मलाई मुसहरनिया देखि सगरमाथासम्ममा कयौँ पटक पुर्याएको छ
र सगरमाथादेखी पछार्दै फेरि मुसरहरनिया पुर्याएको छ।
कहिले खुसी पारेको छ त कहिले बिनासित्ती आँसु झराएको छ।

म धेरै पटक यसैको कारण बुद्ध झैँ ज्ञानी बनेको छु
अनि धेरै पटक जङ्ग बहादुरजस्तो क्रुर अनि साहसिक पनि बनेको छु।
सोचले मलाई दयावान बनाएको छ
धर्मात्मी बनाएको छ
असल र इमान्दार पनि बनाएको छ
अझै मूर्ख र हावा पनि यसैले बनाएको छ।
कहिले गान्धी विचार ल्याउँछ त कहिले हिट्लर सवार भएर आउँछ मेरो सोचमा।
लाग्दछ म कति महान छु
किनकी मसँग जस्तो पनि सोच्न सक्ने क्षमता छ र सोच पनि छ
अनि लाग्दछ म कति निरीह छु जोसँग सोच सिवाय अरु केही छैन।
केही हुन्थ्यो त पक्का केही गर्थेँ पनि।
म खुसी छु किनकी मसँग मेरो भन्नु सोच छ
म दुखी छु किनकी मसँग सोचमात्रै छ।
अब लाग्दैछु छिट्टै वास्तविक धरातलमा ओर्लिएर सोच्न
त्यसैले पूरा गर्न सक्ने सोच आओस्
अनि मसँग सोचको आकार, योजना र काम होस् जसले साकार पारोस् मेरो सोचलाई
 जसले मलाई मेरो हैसियत बताओस्
अनि असल सोचयुक्त मानव बनाओस्।

Thursday, June 15, 2017

आज मैले के सिकेँ?

मानिसले हरेक दिन केही न केही नयाँ कुरा सिकिरहेको हुन्छ चाहे त्यो देख्न सकिने भौतिक सीप होस् या देख्न नसकिने अमुर्त भावना नै किन नहोस्। मानिसलाई बुद्धिमान र सर्वसक्तिमान बनाउने एकमात्र कारण उसको कुनै कुरा प्रतिको लगाव नै हो। मानविय यहि व्यवहारले नै उसलाई केही न केही कुराहरू सिक्न प्रेरित गरिरहेको हुन्छ। फलस्वरुप उसले अभ्यास गर्दछ र सफलता प्राप्त पनि गर्दछ। तिनै अभ्यास र सफलताहरुले नै मानव समाजलाई आदिम ढुङ्गे युगबाट आजको उत्तरआधुनिक समाजको स्वरुपमा ढालेको छ। हरेक दिन केहि न केही नयाँ कुराको उत्पत्ती भई नै रहेका हुन्छ्न। फरक यत्ती हो कति कुरा मानव जीवनसङ्ग प्रत्यक्ष जोडिएका हुन्छ जसको फलस्वरुप बढी चर्चामा आउँछन त कतिपय कुराहरू चाहिँ सामन्य हुन सक्छन।

सधैँझैँ आजको मेरो दिनपनी सामन्य नै रह्यो भन्नुपर्छ, फरक यत्ती हो कि हिजो अस्ति हतार-हतार गर्दै झोला बोकेर विद्यालय जान्थेँ तर आज  तालिम लिन गएँ। बोर्डिङ्ग स्कुलमा पढाउने शिक्षकमध्य कमैले मात्र तालिम, गोष्ठी, सेमिनार आदिमा भाग लिने मौका पाउँछन् र त्यस्तै मौका विद्यालयले मेरो लागि पनि जुराइदियो। तसर्थ म मेरो विद्यालय र प्रशासनलाई धन्यवाद नदिइरहन सक्दिन। 'कक्षाकोठामा कसरी शान्तिपुर्ण र बालमैत्री सिकाई गराउन सकिन्छ' भन्ने विषयक तीन दिने उक्त तालिमको पहिलो दिन मैले आज प्रवाभकारी कक्षाकोठा व्यवस्थापन र student centered teaching methods का वारेमा जानकारी हासिल गरेँ। यो त रह्यो मलाई ट्रेनरहरुले सिकाएको कुराको नालिबेली, मैले आज वास्तवमा धेरै व्यवहारिक कुराहरू सिकेँ। धेरै स्कुलका धेरै साथिहरूसँग परिचय गर्ने मौका पाएँ। अनि महत्वपुर्ण कुरा त बिना फेसबुक र ट्विटर बिना नै नयाँ साथीहरुसँग घुलमिल र प्रत्यक्ष अन्तरक्रीया गरेँ। 

Queen Bed Frame with Storage: Maximizing Space and Style

  Getting Organized: The Lowdown on Queen Bed Frames with Storage Introduction: When it comes to picking out bedroom furniture, the queen be...