वायुमण्डल धमिलिँदा,
भूमण्डलमा केहि देख्दैनौ
धुलो र धुँवाको विकल्प,
मास्क र चस्मा वाहेक अरु भेट्दैनौ?
प्रदुषक पदार्थहरूले आँखामा राज गर्दा
पोल्यो आँखा, झर्यो आँसु,
धोयौ पानीले
अनि भन त कैले सम्म पोलेको आँखाको विकल्प
चिसो पानी होला?
आज हावा दुषित, भोली पानी नहोला?
पर्सी माटो, ध्वनी र सग्लै पृथ्वी नहोला?
साथी!
सम्झ त रुख सक्किए,
मुहान सुके
हिमताल फुटे
अनि मास्क र चस्माले साथ देला?
जारको पानीले धान्ला जिन्दगी?
अनि के,
अक्सिजन चाहिँ सिलिन्डर बोकेर हिँड्ने होला
दुषित माटोले अन्न फलाउने छैन, खाने के होला?
सोचौँ त, हामी बाँचौँला, सन्तती बाँंच्नु पर्दैन?
मानिस बाँचौँला, स्थल र जल प्राणी बाँच्नु पर्दैन?
याद रहोस्,
तिम्रा छोरा नातीले सराप्ने छ्न्
गमला र पार्कमा मात्र बिरुवा हुनेछन्
तिमीले लेखेका कितावमा मात्र पढ्ने छन्,
हात्ती, गैँडा, पोलार बियर र बाजका कथाहरू
किनकी,
तिमी बन सक्दैछौ
भावी सन्ततिको मन सक्दैछौ
स्वच्छ पवन र उर्वर माटो सक्दैछौ
बरू लगाउ आगो,
सल्काउ चुरोट,
फोक्सो सकाउ
विन्ती जङ्गलमा आगो लगाई,
वन र देशको धन नसकाउ।
दोषी तिमी हो, म हो र हामी सबै हो
सजग बनौँ ,संयम बनौँ र जोगाउँ भूतल
एक थुकी सुकी सय थुकी नदी
लागौँ जगौँ एक भै,
सम्पदा हाम्रो जोगाउनलाई!
No comments:
Post a Comment